७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हान,मुख्यमन्त्री पोखरेल संकटमा

प्रकाशित मिति :  5 August, 2021 4:42 pm


रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हान भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशनको आव्हान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरि विशेष अधिवेशन आव्हान गरेका हुन् ।

विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने छ । अस्ति मात्रै प्रदेश सभा सचिवालयमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि विपक्षी गठबन्धनले विशेष अधिवेशनको माग गर्दै गरेका थिए । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !