७ आश्विन २०८१, सोमबार

जसपा अध्यक्ष यादवद्वारा एकताका लागि ठाकुर पक्षलाई अपिल

प्रकाशित मिति :  5 August, 2021 4:58 pm


काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टीमा एक भएर जान अपिल गरेका  छन् ।

निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिता दिएपछि ठाकुर पक्ष टाढिएको छ । यद्दपी दुबै पक्षले छुट्टिएका छैनन् । पार्टी फुटाउने प्रयास बाहिरबाट भइरहेको बताउँदै अध्यक्ष यादवले आदिवासी जनजाति, मधेशी , मुस्लिम, महिला लगायतका जनताको हित संरक्षणका लागि अझ संघर्ष गर्नुपर्ने बताएका छन् ।

यादवले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, “ देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीति शक्ति निर्माण गर्ने कार्यलाई मूर्तरूप दिन अहिले पनि गम्भीररूपले लाग्नु जरुरी छ । यो यथार्थलाई आत्मसात गर्दै विगतमा निर्वाचन आयोगले पार्टी बारे आधिकारितासम्बन्धी निर्णय गर्नुभन्दा पूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यत्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथ साथै अगाडि बढ्न हुन हार्दिक अपिल गरिन्छ । ”



प्रतिक्रिया दिनुहोस !