साताको अन्तिम दिन नेप्से १६ अंकले घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से १६ अंकले घटेको छ । हिजो १२ अंकले बढेको नेप्से आज १६ अंकले घटेको छ । आज नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०७ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ०।६४ अंकले बढेर ५७९ अंकमा पुगेर बन्द भएको छ ।
आज १३ ओटा उपसमूहमध्ये २ ओटाको मात्र परिसूचक बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।
कारोबारको आधारमा अप्पर तामाकोशीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आज ६५ करोड ३० लाख ६१ हजार २९४ रुपैयाँको सेयर खरिद बिक्री भएको हो ।
नेप्सेका अनुसार ३ ओटा कम्पनीको सेयर मूल्यमा उच्च वृछि भएको छ । सेयरमूल्य वृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
आज २२६ ओटा कम्पनीको २८ करोड ८ लाख ४५ हजार ४३१ कित्ता सेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।