खोपको प्रभावकारी व्यवस्थापन गर्न शिक्षा तथा स्वास्थ्य समितिको सरकारलाई निर्देशन
प्रकाशित मिति : 5 August, 2021 5:58 pm
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले खोपको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
आज बसेको समिति बैठकले छलफल गर्दै खोपको प्रभावकारी व्यवस्थापन र कार्यान्वयन गर्न निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
बैठकले तेस्रो भेरियन्टको तयारीका लागि एचडियू र भेन्टिलेटर र आइसियूको संख्या थप गर्न र जनशक्तिको उपयुक्त व्यवस्थापन गर्न भनेको छ । सभापति घर्तीले खोप वितरणको अनुगमन निरीक्षण र मुल्यांकन गर्न पनि सुझाव दिइएको जानकारी दिइन् ।