१० माघ २०८१, बिहिबार

बोधिसत्व बिहारद्वारा काभ्रेमा राहत वितरण

प्रकाशित मिति :  6 August, 2021 7:22 am


काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ स्थित बोधिसत्व बिहारले कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन अफ्ठेरो परेका परिवारलाई राहत वितरण गरेको छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं. २ अनेकोटका २ सय घरपरिवारलाई रहत प्याकेज वितरण गरिएको हो ।

देवीस्थान र तीनकुनेमा भएको कार्यक्रममा बिहारका प्रमुख भिक्षु हुवे क्वाङज्युको विशेष उपस्तिथिमा प्रत्येक परिवारलार्य चामल एक बोरा, तेल २ लिटर, आँटा ५ केजी, मुसुर दाल २ केजी, कालो दाल २ केजी , मसला , नुन, चिनी, साबुन २ पिस लगायतका सामान वितरण गरिएको हो ।

कार्यक्रमको स्थानीय संयोजन नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले गरेका थिए ।

कार्यक्रममा पाँचखाल नगरपालिका उपमेयर लक्ष्मी दनुवारले भनिन्,“ राहत वितरणले अफ्ठेरोमा परेका परिवारलाई सहज भएको छ,राहत जसलाई आवश्यक छ त्यस्तालाई मात्र वितरण गर्नुपर्छ र यदि कसैलाई आवश्यक पर्दैन भने त्यस्ता व्यक्तिले राहत फिर्ता गरि अरुलाई वितरण गर्न सहयोग गर्नुपर्छ ।”

कार्यक्रममा वडा २ का अध्यक्ष हरिराम खतिवडाले राहत वितरणका लागि आयोजक संस्था एवं पहलकदमी गर्ने व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !