६ माघ २०८१, आइतबार

५ ओटा कम्पनीको ३४ लाख १८ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत

प्रकाशित मिति :  6 August, 2021 12:33 pm


काठमाडौं । नेप्सेमा ५ ओटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ३४ लाख १८ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनश बापतको ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनश बापतको १२ लाख ५१ हजार ३८।५० कित्ता सेयर सूचिकृत भएको  हो ।

त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनश बापतको एक लाख ४६ हजार ८९।१ कित्ता सेयर सूचिकृत भएको हो । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनश बापतको ८ लाख ३२ हजार ४१६ ।०६ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश बापतको ८ लाख २१ हजार १४५।६० कित्ता सेयर सूचिकृत भएको हो ।



प्रतिक्रिया दिनुहोस !