४ आश्विन २०८१, शुक्रबार

पुष्प कृषक, व्यवसायी र आयातकर्ताबीच सहमति, आयात गर्दा समन्वय अनिवार्य

प्रकाशित मिति :  6 August, 2021 1:05 pm


काठमाडौं ।

पुष्प कृषक तथा व्यवसायी र आयातकर्ताबीच सहमति भएको छ । अबैध रुपमा पुष्प तथा पुष्पजन्य उत्पादन आयातको विरोधमा आन्दोनलमा उत्रिएका कृषक तथा व्यवसायीसँग सहमति गरिएको हो ।

सहमति अनुसार अबका दिनमा पुष्प तथा पुष्पजन्य उत्पादन आयात गर्दा आयातकर्ताले फ्लोरिकल्चर एसोसिएसन नेपाल र पुष्प उत्पादन संघसँग समन्वय गर्नुपर्ने भएको छ ।

पुष्पजन्य उत्पादन अवैध आयात भएको जानकारी प्राप्त भएमा स्थानीय प्रशासनसँगको समन्वयमा मात्र नियन्त्रणमा लिने र सम्बन्धित निकायलाई बुझाउने लगायतका विषयमा सहमति भएको हो ।

“पुष्प उत्पादन, माग र आपूर्तिको बारेमा तीन पक्षको समन्वयमा अध्ययन गर्ने र सोको आधारमा नेपालमा उत्पादन नहुने वस्तु मात्र आयात गर्न सहमत भएका छौं,” एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने ।

समहति अनुसार नेपालको पुष्प उत्पादन र आयात गर्नुपर्ने उत्पादनका बारेमा आयातकर्ताले एसोसिएसनसँग जानकारी लिएर मात्र आयात गर्नुपर्ने छ ।

दीर्घकालीन रुपमा समस्याको समाधानको लागि उत्पादक, एसोसिएसन र आयातकर्ताकोबीच वृहत छलफल गर्ने र छलफलको निश्कर्ष अनुसार काम गर्ने सहमति भएको श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस !