प्यूठानमा थप १७ जना कोरोना संक्रमित भेटिए,संक्रिय संक्रमितको संख्या १९८ पुग्यो
प्रकाशित मिति : 6 August, 2021 1:18 pm
प्यूठान । प्यूठानमा थप १७ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय प्यूठानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ४१ जना निको भएका छन् ।
यससँगै प्यूठानमा संक्रिय कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । प्यूठानमा हालसम्म ३,४९० जना संक्रमित भएकोमा ३,२२५ जना निको भएका छन् भने ६७ जनाको मृत्यु भएको छ स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।