७ आश्विन २०८१, सोमबार

सभामुख सापकोटा र उर्जा मन्त्री भुसालबीच छलफल

प्रकाशित मिति :  6 August, 2021 2:42 pm


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रीत रहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा कुराकानी भएको छ ।

मौसम सुरु भए लगत्तै सिन्धुपाल्चोक, मनाङ् लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । मनसुन जारी रहेकोले सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या यसबर्षको अप्रत्याशित बाढी पहिरोका कारण विस्थापित भएको छ ।

सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृह मन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !