५ आश्विन २०८१, शनिबार

पाकिस्तानमा भत्काइएको हिन्दु मन्दिर पुनर्निर्माण गर्न र दोषीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति :  6 August, 2021 3:51 pm


काठमाडौ । पाकिस्तानको सर्वोच्च अदालतले हिन्दु मन्दिरको सुरक्षा दिन नसकेकाले पञ्जाब प्रहरीको निन्दा गरेको छ ।

दुई दिन अघि पाकिस्तानस्थित हिन्दु मन्दिरमा आक्रमणगर्ने दोषीहरूलाई पक्राउ गर्न र मन्दिरको पुनर्निर्माण गर्न सर्वोच्चले शुक्रबार आदेश दिएको छ ।

बुधबार पाकिस्तानको भोङस्थित गणेशहिन्दुको मन्दिरमा एक समूहले तोडफोड गरेको विषयमा सर्वोच्च अदालतले यो आदेश दिएको छ ।

पाकिस्तान हिन्दु परिषद्का प्रमुख संरक्षक डा रमेश कुमारले यस विषयमा प्रमुख न्यायाधीश गुलजार अहमदको ध्यानाकर्षण गरेका थिए ।

प्रधानन्यायाधीश अहमदले पञ्जाबका प्रमुख सचिव र आईजीपी इनाम घानीलाई यो घटनाको रिपोर्ट सहित अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।

प्रधानन्यायाधीशले मन्दिर तोडफोड गरिरहेका बेला त्यो दिन प्रहरी के गरी बसिरहेको भनी प्रश्न सोधेका छन् ।

प्रहरी घानीले सहायक जिल्ला अधिकारी र सहायक प्रहरी उपरिक्षक त्यहाँ उपस्थित थिए । प्रशासनको प्रमुख प्राथमिकता मन्दिर छेउछाउ रहेका ७० हिन्दु परिवारको सुरक्षाको जिम्मेवारी रहेको आईजीपी घानीले जनाए ।

साथै उनले यो घटनासम्बन्धी पहिलो सूचनामा आतंकवादी कानुन पनि जोडिएको जनाएको डाउनडटकमले जनाएको छ ।

सह महान्यायाधिवक्ता सोहेल महमूदले यो घटनाको विषयमा प्रधानमन्त्री इमरान खानलाई जानकारी दिइएको जनाए ।

अर्को सुनुवाई अगस्ट १३मा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !