कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा साउन २५ गतेदेखि दिन सुरु गरिने
काठमाडौ । सरकारले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनेहरूलाई अर्को मात्रा साउन २५ गतेदेखि दिन सुरु गरिने जनाएको छ ।
यो खोपको दोस्रो मात्रा लगाउन नपाएकाहरूको संख्या साढे १३ लाख बढी मानिस रहेका छन् ।
खोप शाखाका प्रमुख डा. झलक गौतम जानकारी सर्वाजनिक गरे अनुसार १३ लाख ६८ हजार मानिस कोभिसिल्डको दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका छन् ।
शुक्रबार भुटानले २ लाख ३० हजार खोप नेपाललाई दिएको छ । भुटानले दिएको खोप अस्ट्राजेनेकाको कोभिसिल्ड खोप हो ।
यसैगरी एक दुई दिनमै जापानबाट थप ८ लाख सो खोप आइपुग्ने भएको खोप शाखाका डा. गौतमले जनाए ।
कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकाहरूले त्यसपछि दिन सुरु गरिने उनको भनाइ छ ।
भुटानबाट आएको खोप आजै काठमाडौं आसपासका जिल्लाहरूमा पठाउन सुरु गरिसकिएको पनि डा. गौतमले खुलाए ।
जापानबाट थप खोप आएपछि प्रदेश नम्बर १ र प्रदेश नम्बर २ बाहेकका प्रदेशमा साउन २५ गतेदेखि खोप दिन सुरु गरिने गरी तयारी सरकारको रहेको छ ।