७ आश्विन २०८१, सोमबार

जति गाली गरे पनि एमाले एकताकै पक्षमा नेता नेपाल

प्रकाशित मिति :  6 August, 2021 5:39 pm


काठमार्डौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरे पनि आफू एमाले एकताकै पक्षमा रहने बताएका छन् ।

आफ्ना पक्षको केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा नेता नेपालले त्यस्तो बताएका हुन् ।

“ आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ । हामीले दक्षिणपन्थी विचारका विरूद्ध संघर्ष गर्दै आएका छौँ । यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ” केन्द्रीय समितिको बैठकमा नेता नेपालको यो भनाइलाई नेपाल निकट नेता रघुजी पन्तले बताए ।

धेरै सदस्यहरूले ओलीले एकताको नाममा अलमल्याउन खोजेको आशंका व्यक्त गरेपनि यसपटक भने उनले त्यस्तो विश्वास नेता नेपालले बैठकमा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !