७ आश्विन २०८१, सोमबार

माधव पक्षका कारण सरकारमा ढिलाइ भएको निधिको भनाइ

प्रकाशित मिति :  6 August, 2021 7:06 pm


काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माधव नेपाल समूहलाई सरकारमा ल्याउने प्रयास भइरहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको खुलाएका छन् ।

आफू नेपाली कांगे्रसको १४ महाधिवेशनमा सभापति पदको उम्मेदावरी दिइ छाड्ने प्रतिबद्धता दोह¥याउँदै निधिले मन्त्रिपरिषद्को ढिलाइबारे खुलाएका हुन् ।

शुक्रबार जनकपुर विमानस्थलमा पुगेका पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताए ।

उनले महाधिवेशन १४ दिनमा होस वा १४ महिनामा आफू सभापतिको उम्मेदवार हुने बताए ।

आफ्नो सभापति पदको उम्मेदवारीका लागि आवश्यक तयारी सुरु गरिसकेको जनाउँदै निधिले क्रियाशील सदस्यताबारे देखिएको विवाद सक्दो चाँडो टुङ्गिने र महाधिवेशनको प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री तथा पार्टी शेरबहादुर देउवाले भदौमा महाधिवेशन हुने बताइरहेको बताउँदै उपसभापति निधिले तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता नभएको जनाए ।



प्रतिक्रिया दिनुहोस !