१० माघ २०८१, बिहिबार

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सिफारिस

प्रकाशित मिति :  6 August, 2021 7:36 pm


काठमाडौ । स्वास्थ्य मन्त्रालयले निकट भविष्यमा हुने भनिएका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर निकट भविष्यमा हुने भनिएका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील हुनुपर्ने आवश्यकता रहेकाले परीक्षा तत्काल नगर्न सिफारिस गरिएको जानकारी सार्वजनिक गरेका छन् ।

कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको थियो ।

कोभिड संक्रमण बढ्दै गइरहेको बेला हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्न माग गरी समाजशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !