८ आश्विन २०८१, मंगलबार

विप्लव नेतृत्वको नेकपाले बनाइदियो विपन्न परिवारलाई नयाँ घर

प्रकाशित मिति :  7 August, 2021 12:13 pm


दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले गरिब तथा विपन्न परिवारलाई नयाँ घर बनाइदिएको छ ।

लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको हो । लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको जीर्ण घर थियो ।

उक्त घर भत्काएर नेकपाका नेता कार्यकर्ताले आफैँ श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन् । घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागेको उक्त पार्टीले जनाएको छ ।

घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवामा केन्द्रित रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !