११ मंसिर २०८१, मंगलबार

नेकपाका नेता वीरजंगको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि भारत लगियो

प्रकाशित मिति :  7 August, 2021 12:30 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’को स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि भारत लागिएको छ ।

उनी आज साढे ११ बजेको जहाजबाट उपचारका लागि भारतको म्याक्स अस्पताल गएका छन् ।

लामो समय हिरासत बसाईपछि रिहा भएर घर गएपछि उच्च जोरो र खोकीको समस्या देखिएको थियो । झण्डै एक महिनाको अवधिमा काठमाडौंको सिभिल अस्पताल र ग्राण्डि अस्पतालमा उपचार गरिएपनि स्वास्थ्य अवस्था थप जटिल बनेपछि डाक्टरको सल्लाह अनुसार भारत पठाइएको उनका भाइ जयन्द्र चन्दले जानकारी गराएका छन् ।

वीरजंगसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले २०७६ असोज ३० गते दाङबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई विभिन्न जिल्लामा प्रहरीले घुमाएको थियो । गत फागुन २१ गते नेकपा सरकारसँग ३ बुँदे सहमति गरेर खुल्ला भएपछि वीरजङ रिहा भएका थिए । तर जेल हिरासत बस्दा नै स्वास्थ्य समस्या देखिएको थियो ।

रिहा भएर घर आएपछि पनि उनको स्वास्थ्य अवस्था सुध्रिएन र काठमाडौंमा उपचार गरिएको थियो । तर स्वास्थ्य अवस्था थप जटिल भएपछि इण्डिया पठाइएको हो । वीरगंज नेकपाका महासचिव विप्लवका सहोदर दाजु हुन् ।



प्रतिक्रिया दिनुहोस !