कक्षा १२ को परीक्षा स्थगित
प्रकाशित मिति : 7 August, 2021 3:20 pm
काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो । कोरोना संक्रमण बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्ने दबाब बढेको थियो ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या केही बढेको जस्तो देखिएको छ । कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो मात्रै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार परीक्षा स्थगित भएको बोर्डले जनाएको छ ।