दाङमा २ लाख ५० हजार कोरोना खोप भण्डार गर्न सकिने
प्रकाशित मिति : 7 August, 2021 4:01 pm
दाङ । दाङमा २ लाख ५० हजार कोरोना खोप भण्डार गर्न सकिने भएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले दाङमा अब २ लाख ५० हजार कोरोना खोप भण्डार गर्न सकिने जानकारी गराएका छन् ।
कोरोना खोप उपलब्ध भएपनि भण्डारण गर्ने ठाउँको अभाव हुँदै आएको थियो । स्वास्थ्य कार्यालय दाङ र भेटनरी अस्पतालमा खोप भण्डार गर्न सकिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको भनाई छ ।
कुरुम्बाङले भनेका छन्,“दाङको लागि खुशीको खबर ः स्वास्थ्य कार्यालय र भेटनरी अस्पतालमा दुई लाख पचास हजार डोज कोभिड –१९ को खोप भण्डार गर्न सक्ने व्यवस्था गरिएको छ । विद्युत प्राधिकरणका प्रमुख अमित कर्ण, स्वस्थ्य प्रमुख अंगद शाही र इलेक्ट्रोनिक इन्जिनियर प्रदिप केसी प्रती हार्दिक आभार !”