देशका केही ठाउँमा भारी वर्षाको सम्भावना,सचेत रहन आग्रह
काठमाडौं । देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर्दै महाशाखाले भनेको छ,‘ पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।