८ आश्विन २०८१, मंगलबार

शीर्ष नेताले ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ टुंग्याए,आजै सार्वजनिक गर्ने तयारी

प्रकाशित मिति :  8 August, 2021 12:45 pm


फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रूप दिएका छन् ।

बालुवाटारमा भएको छलफलले कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको छ । आजै ४ बजेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरू रहेको कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रम साउन २४ गते शीर्ष नेताहरुलाई हस्तान्तरण गरेको थियो ।

कार्यदलमा कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीको तर्फबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।

न्यूनतम साझा कार्यक्रमको टुंगो नलाग्दा सरकार विस्तार हुन सकेको छैन । साझा कार्यक्रम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !