४ आश्विन २०८१, शुक्रबार

भूमि आयोग खारेजीको विरोधमा भूमिहीन सुकुम्वासीको प्रदर्शनी (फोटोसहित)

प्रकाशित मिति :  8 August, 2021 2:54 pm


काठमाडौं ।

सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोगलाई विघटन गरेको विरुद्धमा नेपाल भुमिहीन सुुकुम्बासी संगठनले देशैभर प्रदर्शनी गरेको छ ।

जिल्ला जिल्लामा विरोध सभा गर्ने संगठनको पूर्व घोषित कार्यक्रम अनुसार आइतबार देशैभर प्रदर्शन गरिएको अध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।

सरकारले माग सम्बोधन नगरेमा थप कार्यक्रमको घोषणा गर्ने संगठनले जनाएको छ । केपी ओली प्रधानमन्त्री हुँदा गठन आदेशबाट गठित आयोग देउवा सरकारको मन्त्रीपरिषद्को वैठकले खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले भूमिहीन, सुकुम्वासीको समस्या समाधानको लागि ७४७ पालिकासँग सम्झौता गर्दै समस्या समाधानको लागि कार्य गरिरहेको छ ।

तस्वीरहरूः शान्ता चाैधरीकाे फेसबुकबाट । 



प्रतिक्रिया दिनुहोस !