५ आश्विन २०८१, शनिबार

जापानमा कोरोनाभाइरसको ल्याम्डा भ्यारियन्टबाट पहिलो संक्रमित पुष्टि

प्रकाशित मिति :  8 August, 2021 3:16 pm


काठमाडौ । जापानमा कोरोनाभाइरसको ल्याम्डा भ्यारियन्टबाट पहिलो संक्रमित पुष्टि भएको छ । पहिलो पटक पेरुमा फेला परेको ल्याम्डा भ्यारियन्ट जापानमा पहिलो संक्रमित पुष्टि भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

पेरुबाट जुलाई २०मा हानेदा विमानस्थलमा आइपुगेकी एक तीस वर्षीय महिलामा यो भ्यारियन्ट फेला परेको हो । कुनै लक्षण देखा नपरेको ती महिलामा कोरोना पजिटिभ देखा परेपछि क्वारेन्टाइनमा राखिएको थियो ।

पेरुमा गत वर्ष अगस्ट महिनामा यो ल्याम्डा भ्यारियन्ट फेला परेको थियो । यो दक्षिण अमेरिकामा फेला परिरहेको छ । परम्परागत भ्यारियन्टमा यो ल्याम्डा बढी द्रुतगतिमा सरे पनि डेल्टा भ्यारियन्ट भन्दा कम छ ।

अहिले भारतमा पहिलो पटक फेला परेको डेल्टा भ्यारियन्ट सबै भन्दा चुनौतीपूर्ण भ्यारियन्टको रूपमा देखा परेको छ ।



प्रतिक्रिया दिनुहोस !