५ आश्विन २०८१, शनिबार

जापानलाई अहिलेसम्मकै बढी २७ गोल्ड मेडल दिलाउँदै टोकियोओलम्पिक सकियो

प्रकाशित मिति :  8 August, 2021 4:10 pm


काठमाडौ । जापानलाई अहिलेसम्मकै बढी  २७ गोल्ड मेडल दिलाउँदै टोकियो ओलम्पिक सकिएको छ ।

वैश्विक महामारी कोरोनाभाइरसका कारण एक वर्ष ढिला गरी दर्शक दीर्घा खाली राखेर आयोजना गरिएको ओलम्पिक टोकियो ट्वेन्टी ट्वेन्टीमा जापानले एक रेकर्ड संख्यामा गोल्ड मेडल जित्न सफल भएको हो ।

जापानको ओलम्पिक कमिटीले टोकियो ओलम्पिक सम्पन्न गर्न सबैको सहयोग प्रति आइतबार आभार व्यक्त गर्दै यस्तो जनाएको हो ।

जापानले ओलम्पिकहरूमा विगतमा बनाएको रेकर्ड अनुसार  १६ गोल्ड मेडलको रेकर्ड रहेको छ । १९६४मा टोकियो गेम्स र अथेन्सको २००४मा जापानले १६ गोल्ड जितेको रेकर्डलाई यो पटक तोडेको हो ।

जापानी टोलीका प्रमख त्सुयोशी फुकुइले टोकियो ट्वेन्टी ट्वेन्टीमा हाम्रो प्रदर्शन उत्कृष्ट भएको बताए ।

जापानले कुल ५८ मेडल प्राप्त गरेको छ । जापानका लागि यो पनि एक रेकर्ड बनेको छ । अथेन्स ओलम्पिकमा जापानसँग कुल पदक ३७ थियो ।

यो ओलम्पिक खेल अवधिमा कोरोनाभाइरस संक्रमितको संख्या दैनिक ५ हजार नाघेको र यो चिन्ताको विषय भएको टोकियो ट्वेन्टी ट्वेन्टी आयोजक समितिले जनाएकोछ ।



प्रतिक्रिया दिनुहोस !