५ आश्विन २०८१, शनिबार

बेइजिङ ओलम्पिक बहिष्कार गर्नेबारे अमेरिकाले छलफल अगाडि बढाउने

प्रकाशित मिति :  8 August, 2021 5:27 pm


Staff members sit near a board with signs of the 2022 Olympic Winter Games, at the National Aquatics Center, known colloquially as the “Ice Cube”, in Beijing, China April 1, 2021. REUTERS/Tingshu Wang

काठमाडौ । अमेरिकाले सन् २०२२मा चीनको राजधानीमा आयोजना हुने बेइजिङ ओलम्पिकलाई बहिष्कार गर्ने विषयमा आाफ्ना सहयोगी देशहरूसँग छलफल गर्ने भएको छ ।

अमेरिकाले चीनलाई माानवअधिकारका विषयहरू लिएर बेइजिङ ओलम्पिक ट्वेन्टी ट्वेन्टी टुलाई बहिष्कार गर्ने जनाएको हो ।

अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले यस विषयमा हामी हाम्रा गठबन्धका सहयोगी र साझेदारहरूसँग निश्चय नै  छलफल गर्ने बताए ।

बेइजिङ ओलम्पिक २०२२को विषयमा हाम्रो अडानमा परिवर्तन नभएको उनले जनाए ।

उगुर र सुदुर पश्चिमका सिनजियाङका मुसलमानहरूमाथि दमन गरेको भनी चीनको आलोचना अमेरिका र उसको सहयोगीहरूले गरिरहेका छन् ।

जापानले चीनलाई मानव अधिकारको विषयमा आलोचना गर्ने विषयमा सचेत रहेको छ । चीनसँगको व्यापारिक सम्बन्धका कारण चीनले यसबारे खुलारूपमा अगाडि नआउने देखिएको छ । चीन विरूद्धको आर्थिक नाकाबन्दी लगाउने विषयमा जी सेभनको सदस्यका नाताले जापान मात्र टाढा बस्ने गरेको छ।

जापानले सिनजियाङमा भएका दुव्र्यवहारबारे जापानी सरकार चिन्तित रहेको भएपनि सन् २०२२मा हुने शीतकालीन खेलकुद समारोहलाई बहिष्कार गर्ने विषयमा केही टिप्पणी गर्न इन्कार गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनसँग जापानी प्रधानमन्त्री योशिहिदे सुगाको अप्रिल १६मा भएको शिखर वार्ताका बेला सन् २०२२को बेइजिङ खेलकुद बहिष्कार गर्ने विषयबारे बताउन चाहेका थिएनन् ।

बेइजिङ ओलम्पिक आगामी वर्ष फेब्रअरी ४देखि सुरु हुने भएको छ ।

सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गरेका कारण सन् १९८०मा मस्कोमा आयोजित ओलम्पिक वहिष्कार गर्ने अमेरिका, पश्चिम जर्मनी, क्यानाडा र चीन लगायत ६४ देशहरूसँग अन्तिम मिनेटमा सहभागिता जनाउने निर्णय जापानले गरेको थियो ।

यसको चार वर्ष पछि १९८४मा सोभियत संघले आफ्ना सहयोगी देशहरूका साथ लस एन्जेल्समा आयोजना भएको ओलम्पिकमा भाग लिएको थिएन् ।

गत महिना चिनियाँ प्रवक्ताले बेइजिङ ओलम्पिक बहिष्कार गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय समुदायबाट समर्थन प्राप्त नहुने र त्यो असफल हुने जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !