४ आश्विन २०८१, शुक्रबार

बरुण हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त

प्रकाशित मिति :  8 August, 2021 6:04 pm


काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

आज भएको सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

बरुण हाइड्रोपावर कम्पनीले २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !