६ माघ २०८१, आइतबार

आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधेयक तीन महिनाभित्र पारित गर्ने

प्रकाशित मिति :  8 August, 2021 6:11 pm


काठमाडौं । गठबन्धन सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधेयक तीन महिनाभित्र पारित गर्ने भएको छ ।

आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नेपाललाई विकसित मुलुकको स्तरमा पु¥याउन सरकारी,सहकारी र निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशील भूमिकाका आधारमा विकास निर्माण लगायतका समग्र आर्थिक कार्यक्रम सञ्चालन गर्ने र आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधेयक तीन महिनाभित्र पारित गर्ने उल्लेख छ ।

जल,जमिन,जंगल,जडीबुटी र जनशक्ति जस्तो महत्पूर्ण स्रोत साधनहरुको उच्चतम सदुपयोग गरी मुलुकलाई तीब्र आर्थिक विकासको बाटोमा डेराउनका लागि पूर्वाधार तयार गर्ने र उत्पादन तथा उत्पादकत्व बृद्धि गर्दै समन्यायिक वितरणमा आधारित आर्थिक नीति अबलम्बन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

वित्तीय सङ्घीयताको मान्यता अनुरुप स्रोत साधनको बाँडफाँट गर्ने र संविधानमा व्यवस्था भएको अधिकारको सूची बमोजिम संघ प्रदेश र स्थानीय तीनवटै तहबाट मानव संसाधन र भौतिक पूर्वाधार विकासको नीति लिने भनिएको छ ।

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकसित र्न पर्यटन पूर्वाधार निर्माणमा जोड दिने उल्लेख गर्दै कोभिड १९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल राहतका प्याकजे ल्याउने र गुणस्तरीय तथा दिगो पर्यटन विकासका लागि भौगोलिक,सांस्कृतिक तथा जैविक विविधतालाई उपयोग गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समावेश छ ।



प्रतिक्रिया दिनुहोस !