८ आश्विन २०८१, मंगलबार

वर्तमान सरकारका तत्कालिक राहत,पुनःनिर्माण र पुनःस्र्थापन कार्यक्रम यस्तो छ

प्रकाशित मिति :  8 August, 2021 6:56 pm


काठमाडौं । संयुक्त गठबन्धन सरकारले कोभिड १९,बाढी,पहिरो,डुवान तथा अन्य विपत पीडित परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने र प्रभावित र विस्थापितहरूको पुनःस्थापना गर्ने तथा विपद जोखीम न्यूनिकरण तथा व्यवस्थापनलाई प्रभावकारी पार्ने भएको छ ।

साझा न्यूनतम कार्यक्रममा तत्कालिक राहत,पुनःनिर्माण र पुनस्र्थापन विषयलाई समावेश गर्दै शहीद तथा वेपत्ता परिवार र द्वन्द्वपीडित एवं विस्थापितलाई राहत,पुनःस्थापना र सहायताका लागि आवश्यक व्यवस्था मिलाउने उल्लेख छ ।

आज सार्वजनिक गरिएको कार्यक्रममा विभिन्न आन्दोलनमा घाइते भइ उपचार नपाएकाहरूको यथोचित उपचारको व्यवस्था गर्ने,अंगभंग भएकाहरुलाई क्षतिपूर्ति र परिवारका कम्तिमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नेपनि नीति तथा कार्यक्रममा समावेश छ ।

बढ्दो महंगी,कालोबजारी,मिसावट तथा कृतिम अभाव नियन्त्रण गरी खाद्यान्न, पेट्रोलिय पदार्थलगायत जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिको व्यवस्था गर्ने र दुर्गम क्षेत्रमा नुन,चिनी,चामल,औषधी, बिउ,मल लगायत अत्यावश्यकीय बस्तुहरु अभाव हुन नदिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सिन्धुपालचोक,मनाङ,लमजुङ, गोरखा,बाजुरा,सप्तरी लगायतका बाढी पहिरो र डुवान प्रभावित क्षेत्रका जनतालाई राहत तथा पुनस्र्थापन गर्ने र तराई मधेशमा डुबान जोखिम क्षेत्रहरुमा नदी नियन्त्रण र पुननिर्माणको कामलाई प्राथमिकता दिने भनिएको छ ।

कर्णाली प्रदेश लगायत मानव विकास सुचकाङ्क कम भएका अन्य क्षेत्रहरुलाई गर्भवती तथा सुत्केरी महिला र कुपोषण प्रभावित बालबालिकालाई न्यूनतम पोषणका कार्यक्रम प्रभावकारी बनाउने साझा न्युनतम कार्यक्रममा उल्लेख छ ।

ग्रामिण क्षेत्रमा आकस्मिक दुर्घटना,बाढीपहिरो,प्राकृतिक प्रकोपजस्ता विपतको समयमा सेवा प्रदान गर्न एअर एम्बुलेन्सको वेवस्था गर्ने र राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत सम्पन्न हुन बाँकी रहेका कार्यहरुलाई शीघ्र सम्पन्न गर्ने पनि कार्यक्रममा समावेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !