८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बिरूद्ध परेको रिट सर्वोच्च अदालतद्वारा दरपिठ

प्रकाशित मिति :  8 August, 2021 7:19 pm


काठमाडौं । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले बोलाएको प्रदेश सभाको विशेष अधिवेशनका बिरूद्धमा सर्वाेच्च अदालतमा पेश भएको रिट दरपिठ भएको छ ।

सर्वोच्च अदालतले हकदैया समेतको अभाव भएको भन्दै दरपिठ गरिदिएको हो । विपक्षी गठबन्धनले निवेदन दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २१ गते विशेष अधिवेशनको आव्हान गरेका थिए ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गरेका छन् । प्रदेश प्रमुख शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरि विशेष अधिवेशन आव्हान गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले सोही दिन विश्वासको मत लिनुपर्ने छ । तर सरकारको परामर्शविना नै प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाइएको भन्दै दायर भएको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको हो ।



प्रतिक्रिया दिनुहोस !