८ आश्विन २०८१, मंगलबार

कांग्रेस सभापति देउवामाथि पौडेलको टिप्पणी,‘सर्वत्र असफल व्यक्तिहरु वारवार सत्ता समाल्न पुग्छन्’

प्रकाशित मिति :  9 August, 2021 7:19 am


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको महाधिवेशन फेरि सर्ने अवस्था आएको भन्दै तिब्र असन्तुष्टि व्यक्त गरेका छन् ।

आज बिहानै समाजिक सञ्जालमार्फत नेता पौडेलले पार्टी सभापतिप्रति तिब्र आक्रोश पोखेका हुन् । नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुराइएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्,“पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ ।”

उनले कांग्रेसको यो अवस्था आउनुमा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही भएको बताएका छन् । उनले सभापति सभापति शेरबहादुर देउवाप्रति संकेत गर्दै सवत्र व्यक्तिहरु वारपार सत्ता सम्हाल्न पुगेको समेत टिप्पणी गरेका छन् । उनले भनेका छन्,“यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।”



प्रतिक्रिया दिनुहोस !