स्वाथ्य राज्यमन्त्री खोप वितरण स्थलमा देखिए
काठमाडौ । आजदेखि कोभिसिल्डको दोस्रो मात्रा वितरण सुरु भएको छ ।
पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकाहरूलाई कोभिसिल्ड खोप भुटान र जापानले उपलब्ध गराएपछि सोमबारदेखि दिन सुरु गरिएको हो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप स्थलमा गएर वितरण अवस्थाको स्थलगत अनुगमन गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले आफ्नो ट्वीटर ह्यान्डलबाट यसको जानकारी पनि दिएकाा छन् ।
उनले ट्वीटेका छन् “ कोभिसिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहनुभएका ६५वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि खोप वितरण सुुरु भएको छ ।”
बरिष्ठ चिकित्सक गोविन्द केसीले भदौको पहिलो सातादेखि राज्यमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै सत्याग्रह सुरु गर्ने घोषाणा गरेका छन् । स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्तिलाई कतिपयले रुचाएकाा छैनन् ।