१० माघ २०८१, बिहिबार

सेवा निवृत हुन लागेका प्रधान सेनापतिले कार्यवाहक प्रधानसेनापतिलाई बरबुझारथ गरे

प्रकाशित मिति :  9 August, 2021 2:14 pm


काठमाडौ । सैनिक सेवामा चार दशक बिताएर प्रधानसेनापतिको पदबाट सेनानिवृत हुन लागेका पूर्णचन्द्र थापाले कार्यवाहक सेनापतिलाई बरबुझारथ गरेका छन् ।

औपचारिकरूपमा सेवा निवृत हुन अघि एक महिना बाँकी रहेका बेला प्रधान सेनापतिले विदामा बस्ने चलन रहेको छ ।

डेढ वर्षअघि प्रधानसेनापति थापाले आफ्नो परिवार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिलादेखि नै सेनामा रहेको बताएका थिए ।

एकीकरणअघि उनका पुर्खा तत्कालीन लमजुङ राज्यको सेनामा थिए। एकीकरणसँगै उनीहरू पनि काठमाडौंमा आए । त्यसपछि पनि थापा परिवारका सदस्य निरन्तर सैनिक सेवामा सरिक भइ आएका छन् ।

प्रधानसेनापति थापा परिवारको १८औं पुस्ताका सैनिक हुन् । बुबा फणेन्द्रबहादुर थापा पनि नेपाली सेनाका अवकासप्राप्त प्रमुख सेनानी हुन्।

उनका दाजु रोहित थापा सशस्त्र प्रहरीका अवकासप्राप्त अतिरिक्त महानिरीक्षक हुन्। उनका सन्तान भने सैनिक सेवामा छैनन् ।

सेवा निवृत हुन लागेका थापाले आफ्नो जिम्मेवारी हुनेवाला प्रधानसेनापतिलाई बरबुझारथ गरेका हुन् ।

सेनाका प्रवक्ताले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बलाधिकृत रथी प्रभुराम शर्माबीच जङ्गी अड्डामा औपचारिक बुझबुझारथ हुँदै भएको भनी फोटो सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !