गुराँस लाइफको ५ प्रतिशत लाभांश प्रस्ताव
प्रकाशित मिति : 9 August, 2021 2:41 pm
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५ र७६ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको साउन २४ गते आइतबार सम्पन्न भएको संचालक समितिको बैंठकले आफ्ना सेयर धनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५।७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको लाभांश दिने प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् ।