६ माघ २०८१, आइतबार

सरकारले आर्थिक अवस्थाबारे यर्थाथपत्र सार्वजनिक गर्दै

प्रकाशित मिति :  10 August, 2021 12:42 pm


काठमाडौं । सरकारले मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको ‘यर्थाथपत्र’ सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यर्थाथपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेको जानकारी दिए । अर्थमन्त्रालय स्रोतका अनुसार परम्परागत ढाँचामा पेश गरिने श्वेतपत्रभन्दा फरक रहेर अर्थतन्त्रको स्थितिपत्र सार्वजनिक गर्न लागिएको हो, जसले सरकारको आर्थिक नीति पनि प्रतिबिम्बित गर्नेछ ।

“कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र त्यसको पुनर्बहालीका लागि चाल्न सकिने कदमबारे स्थितिपत्रले बोल्नेछ,“मन्त्रालय स्रोतले भन्यो, “अर्थतन्त्रको वास्तविक चित्रणसहित सरकारका सोच पनि यसमा समावेश गरिएको छ।”

अघिल्लो सरकारले बिरासतमा छाडेका आर्थिक बेथितिहरूलाई यसअघिका श्वेतपत्रमा चित्रण गर्ने प्रचलन थियो ।



प्रतिक्रिया दिनुहोस !