सुख्खा पहिरोमा परेर बोलेरो जीप तिनाउ नदीमा खस्दा ४ जना घाइते
प्रकाशित मिति : 10 August, 2021 1:06 pm
काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्डबाट एक बोलेरो जीप तिनाउ नदीमा खस्दा ४ जना घाइते भएका छन् ।
सुख्खा पहिरोमा परी बा १८ च ७३३६ नम्बरको बोलेरो जीप तिनाउँमा खसेको हो ।
आज बिहान करिब १० बजे सिद्धबाबादेखि केही अगाडि हेडबक्स नजिकबाट बलेरो तल नदी खसेको हो । पाल्पाबाट बुटवलतर्फ आउँदै थियो ।
सुख्खा पहिरोमा झरेको ढुंगाले जीपलाई धकेलेर बाटोभन्दा झण्डै १५० मिटर तल नदीको सतहमा खसाएको र ४ जना घाइतेको उद्दार गरिएको ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।