५ आश्विन २०८१, शनिबार

विश्वको सबै भन्दा ठूलो सिनेमा चेन कम्पनीले बिटक्वोइन भुक्तानी स्वीकार गर्ने

प्रकाशित मिति :  10 August, 2021 4:05 pm


काठमाडौ । विश्वको सबै भन्दा ठूलो सिनेमा चेन कम्पनीले टिकटको भुक्तानीका लागि बिटक्वोइन स्वीकार गर्ने भएको छ ।

एएमसी इन्टरटेनमेन्टले अमेरिकी सिनेमा घरको टिकटका लागि बिटक्वोइन भुक्तानी स्वीकार गर्ने भएको हो ।

डिजिटल मुद्रा स्वीकार गर्ने यो पहिलो सिनेमा चेन कम्पनी हो ।

एएमसीले बिटक्वोइन भुक्ताी स्वीकार गर्न त्यस अनुरूपको आइटी प्रणालीको विकास गर्ने भएको हो ।

गुगलपे, एप्पलपेबाट गरिने भुक्तानीका लागि समेत यो कम्पनीका ५९३ सिनेमा घरमा स्वीकार गरिने प्रविधिको विकास गरिने सो कम्पनीकाा प्रमुख काार्यकारी एडम एरोनले जनाएका छन् ।

जनवरीमा एएमसी इन्टरटेनमेन्टको सेयरको मूल्य आकसिएको थियो ।

वर्षको सुरुदेखि एएमसीको सेयर मूल्य १६०० प्रतिशतले वृद्धि भएको छ । प्रतिसेयर २ अमेरिकी डलर डिसेम्बरको मूल्यबाट ३४ अमेरिकी डलरमा बढेको छ ।



प्रतिक्रिया दिनुहोस !