८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

प्रकाशित मिति :  11 August, 2021 1:29 pm


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा लिएका छन् ।

विपक्षी गठबन्धनले दायर गरेको अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा लिएका हुन् ।

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि छलफलका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरिएको छ । तर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

हाल लुम्बिनीमा कायम प्रदेश सभा सदस्यको संख्या ८० छ । मुख्यमन्त्री पोखरेललाई आफ्नो पद जोगाउन ४१ मतको आवश्यक पर्ने छ । सत्तारुढ दल एमालेका ३८ सांसद् छन् । विश्वासको मत प्राप्त गर्ने सम्भावना नदेखिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

विपक्षी गठबन्धन तर्फ नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद् छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ र जुन विपक्षी गठबन्धनसँग देखिएको छ ।

विपक्षी गठबन्धनले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !