६ माघ २०८१, आइतबार

मानुषी लघुवित्तको आईपीओ बिक्री खुल्ला

प्रकाशित मिति :  11 August, 2021 11:35 am


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा आवेदन दिने मिति छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म रहेको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयरको सफ्टवेयर र मेरो सेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस !