१० माघ २०८१, बिहिबार

उदयपुरको त्रियुगा नगरपालिकाकी किशोरीको बलात्कारपछि हत्या भएको आशंका,तीन जना पक्राउ

प्रकाशित मिति :  11 August, 2021 12:03 pm


फाइल फोटो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६, मोहनपुरकी १७ वर्षिया एक किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको आशंका गर्दै परिवारले अपराधी पत्ता लगाई कारबाही गर्न माग गरेको छ ।

मृतकका बुवा प्रेम चौधरीले छोरी किर्शला चौधरीको सामुहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने भन्दै दोषी पत्ता लगाई कारबाहीको माग गरेका हुन् ।

गत साउन १३ गते घरबाट हराएकी किर्शलाको शब घर नजिकैको जंगलमा एकहप्तापछि साउन १९ गते भेटिएको थियो । खाल्डोमा सामान्यरुपले पुरिएको अवस्थामा शब फेला परेको थियो । देब्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटि, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्राबाट शबको पहिचान भएको थियो ।

घाँस, दाउराको क्रममा दुर्गन्ध आएपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पहिचान हुन नसकेपछि प्रहरीले शव उदयपुर अस्पतालमा लगेको थियो । अस्पतालबाटै मृतकका बुबाले भोलीपल्ट साउन २० गते शबको पहिचान गरेका थिए ।

घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले अनुसन्धानको क्रममा तीनजनालाई नियन्त्रण लिइएको र घटनाको बारेमा सत्यतथ्य छिटै पत्ता लाग्ने प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !