र्यापिड पिसिआर परीक्षणका लागि त्रिभुवन विमानस्थलले ठाउँ उपलब्ध गराउने
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले एअरपोर्टमै र्यापिड पिसिआर परीक्षणका लागि ठाउँ उपलब्ध गराउने भन्दै स्वास्थ्य सेवा विभागलाई जानकारी गराएको छ ।
युएइ सरकाले आफ्ना देशमा प्रवेश गर्नेका लागि ४८ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट र विमानस्थलबाट प्रस्थान गर्न ४ घण्टा अघिको र्यापिड पिसिआर टेष्ट खोजेपछि रोजगारीमा जाने नेपालीलाई समस्या भएको छ ।
हिजो मात्रै रोजगारीमा युएइ जान विमानस्थल पुगेका डेढसय नेपाली फिर्ता गरिएको थियो ।
युएइ सरकारको मापदण्ड पुरा गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै र्यापिड टेष्ट गर्नुपर्ने भएपछि ठाउँ उपलब्ध गराउने जानकारी स्वास्थ्य सेवा विभागलाई गराइएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी गराएका छन् ।
युएइ सरकारले एन्टिजेन परीक्षणले नहुने स्पष्ट पारिसकेको छ । तिवारीले परीक्षणको व्यवस्था नहुँदासम्म समस्या हुने भएकाले युएइ सरकारकै सहजिकरणको प्रतिक्षामा रहेको बताएका छन् । ट्रान्जिटका लागि भने र्यापिड पिसिआर नचाहिने उल्लेख छ ।