१० माघ २०८१, बिहिबार

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति,नियुक्ति पत्र बुझे

प्रकाशित मिति :  11 August, 2021 1:43 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएका छन् ।

घिसिङले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्तिपत्र बुझेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेपनि सार्वजनिक गरिएको थिएन ।

मन्त्रालयमा बोलाएर उर्जामन्त्री पम्फा भुसालले घिसिङ ४ वर्षे कार्यकालको नियुक्तिपत्र दिएकी छन् ।

बैठकले अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्ति गरेर पठाइएको छ ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर घिसिङ विदा भएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशककै रूपमा फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !