नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा
प्रकाशित मिति : 11 August, 2021 2:42 pm
काठमाडौं । सरकारले स्पष्टिकरण सोधेपछि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
भट्टराईले आज पदबाट राजीनामा दिएका हुन् । उनलाई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
आचरण विपरित गतिविधि गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।