१० माघ २०८१, बिहिबार

घिसिङद्वारा पदबहाली, बिजुलीलाई सस्तो र सुलभ बनाउने प्रतिबद्धता

प्रकाशित मिति :  11 August, 2021 3:02 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।

आज दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि घसिङले पदबहाली गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पद बहालीका लागि पुग्दा घिसिङलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरे । पदबहाली गर्दै कार्यकारी निर्देशक घिसिङले नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा लैजाने प्रतिबद्धता जनाए ।

उनले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताए ।

 



प्रतिक्रिया दिनुहोस !