११ मंसिर २०८१, मंगलबार

परीक्षामा सहभागी हुने विद्यार्थीलाई परिचयपत्रका आधारमा कोरोना विरुद्वको खोप लगाइने

प्रकाशित मिति :  11 August, 2021 5:10 pm


काठमाडौं । विश्वविद्यालयको परीक्षामा सहभागी हुने २० वर्षमाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेशपत्रका आधारमा काठमाडौँ उपत्यकामा नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप लगाउने सक्ने जानकारी दिएका छन् ।

यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था गरिएको मन्त्री श्रेष्ठले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !