८ आश्विन २०८१, मंगलबार

लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आव्हान

प्रकाशित मिति :  11 August, 2021 5:22 pm


रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न भोली ३ बजेसम्मको समय दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्न भोली ३ बजेसम्मको समय तोकेका हुन् ।



प्रतिक्रिया दिनुहोस !