८ आश्विन २०८१, मंगलबार

कांग्रेस जिल्ला सभापतिहरूले दिए नेतृत्वलाई पाँच बुँदे सुझाव

प्रकाशित मिति :  11 August, 2021 5:37 pm


काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूले नेतृत्वलाई विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।

साउन २५ र २६ गते बसेको बैठकले नेतृत्वलाई ५ बुँदे सुझाव दिएको हो ।

जिल्ला सभापतिहरूले नेपाली काँग्रेसको बिधि, बिधान र केन्द्रीय परिपत्र अनुसार तहगत प्रक्रिया पुरा गरि नयाँ र नवीकरण क्रियाशील सदस्यता सम्बन्धि सफ्टवेयरमा इन्ट्री गरिएको विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

त्यस्तै अध्ययन गरि त्रुटी देखिएमा आवश्यक सुधारका लागि प्रस्ताव गर्न समय उपलब्ध गराउन र केन्द्रीय कार्यसमितिबाट निर्धारित मापदण्ड अनुसार क्रियाशील सदस्यता सूचीलाई परिमार्जन गरेर मात्र अन्तिम रुप दिन सुझाव दिइएको छ ।

अन्य पार्टीबाट प्रवेश गरेका र समायोजन भएका सदस्यहरूको सन्दर्भमा केन्द्रीय परिपत्र र मापदण्ड बमोजिम जिल्लाबाट तहगत सिफारिस भई आएकाहरुलाई मात्र मान्यता प्रदान गर्न भनिएको छ । त्यस्तै क्रियाशील सदस्यतालाई पारदर्शी र न्यायपूर्ण नबनाईएको अवस्थामा पार्टी हितलाई सर्वोपरी ठानी कडा कदम चाल्न हामीलाई बाध्य नपार्न आग्रह गरिएको रोल्पा जिल्ला सभापति अमर पुनले जानकारी दिए ।

उनले हेलम्बु, मेलम्ची क्षेत्र लगायत मुलुकभरीका बाढीपहिरो पिडितलाई अविलम्ब राहत उपलब्ध गराउन भूमी र सुकुम्बासी सम्बन्धि समस्या समाधानमा प्रभावकारी कदम चाल्न तथा सम्पूर्ण भ्रष्टाचार काण्डहरुको छानविन गर्न अनुरोध गरिएको पुनले जानकारी दिए ।

सभापतिहरूको निर्णयमा भनिएको छ,“आदरणीय सभापति शेर बहादुर देउवा ज्युको अघिल्लो प्रधानमन्त्रित्व कालमा सुरु गरिएका वृद्ध भत्ता, भूकम्प पिडित तथा दिर्घरोगि सहयोग जस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिदै रोजगारी वृद्धि, सुशासन एव कानुनी राज्यको प्रत्याभूत गर्न हार्दिक अपिल गर्दै जनअपेक्षा अनुसार यो सरकार प्रभावकारी र पूर्ण सफल रहने विश्वास राख्दछौं ।”



प्रतिक्रिया दिनुहोस !