चीनको असाधारण उदयमा अमेरिकी सहयोग !
चीनमा अमेरिकी प्रवेशको सुरुआत सन् १९७१ को जुलाईमा हेनरी किसिन्जरको बेइजिङमा भएको गुप्त भ्रमणबाट भएको विषयलाई अमेरिका र पश्चिमा देशहरूको वर्ष क्रमागत इतिहासमा रोमाञ्चकृत तथा महोत्सवकृत अवसरको रूपमा लिइने गरिएको छ ।
भारतमा यो भ्रमणलाई अपमानित तथा दानवीकरणको रूपमा लिइयो । समयसँगै अमेरिकासँग विजयीवाद जोडियो र अन्यत्र भने यो परिष्कृतरूपमा आएको छ अनि भारतमा यो अपमान नरम भएर गएको छ ।
पचास वर्ष भयो, हामीले यसलाई कसरी लिनेछौं ? चीन प्रवेशमार्गले शीतयुद्ध अन्त्य गर्न एक भूमिका खेल्यो यद्यपि सोभियत संघलाई आफ्नो विनासका लागि आफै निर्णायक भूमिका खेल्न पर्यो ।
अमेरिका चीन बीचका सम्बन्धहरूको सामान्यीकरणले चिनियाँ उदयमा एक भूमिका पनि खेल्यो । यद्यपि किसिन्जर सायदै प्रमुख शिल्पी थिए ।
यसको अधिकांश जस अमेरिकी पक्षमा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनका पूर्ववर्तीहरू र तिनका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूलाई जानुपर्नेमा त्यो किसिन्जरको दृष्टिलाई गयो ।
अमेरिकाले चालीस वर्षका लागि चीनको उदयको बिउ गोड्यो अनि अब यो (अमेरिका)र अन्यहरूले यसअघि कहिल्यै पनि नभएजस्तो चिनियाँ शक्तिसँग समझौता गर्नैपर्छ ।
यो भनिरहँदा अर्को शताब्दी चिनियाँ शताब्दी हुनेछैन् । भविष्य दुई ध्रुवीय ,नभए सर्वाधिक सम्भावना तीन ध्रुवीय भइरहनेबारे किसिन्जर एक जना जानकार थिए होलान, नभए दुई ध्रवीय प्रतिस्पर्धा भइरहने भए । जहाँ सम्म भारतको कुरो छ, १९७१ मा भएको यो अकस्मात मिलनका संकेतहरू बुझ्न भारतले गुमायो ।
अमेरिकाले चीनसँगको सम्भावित बाटो फेरि परिवर्तन गर्न लागेको संकेतहरूबारे भारत चनाखो हुनैपर्छ । चीनसँगको सम्मोहनमा अमेरिका लामो समय रहेको छ भन्ने विषयलाई स्मरण गर्न राम्रो हुन्छ ।
अझ यी समयहरूमा चीन र अमेरिका बीचको द्वन्द्व, यसमा भएको अमेरिकी स्वार्थ, ज्ञान, र चीनसँगका जोडहरू भारतसँग भएको भन्दा धेरै ठूलो छ ।
किसिन्जर र चीनको प्रवेशमार्ग
हेनरी किसिन्जरलाई सन् १९७१मा चीनको प्रवेशमार्गका लागि जस दिइन्छ तर उनी यो जसका साझेदार थिए भन्नु बढी सही हुने थियो ।
रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार बनेर किसिन्जर आउन अघि नै चीनसँगका सम्बन्धहरूलाई सामान्यीकरण गर्ने अमेरिकाको निर्णय भइसकेको थियो ।
चीनको प्रवेशमार्गको रणनीतिक सोचाइलाई केनेडी र जनसन प्रशासन समक्ष सन् १९६१ र १९६५को अवधिमा स्पस्टरूपमा जोड्न सकिन्छ ।कुनै पनि सन्दर्भमा यो अनुसारको पहलबारे किसिन्जर भन्दा बढी राम्ररी निक्सनले अवधारणा ग्रहण गरेका थिए ।
अनि राष्ट्रपति जिम्मी कार्टर उनका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्बीगनिउ ब्रेजेजिन्स्की र त्यसपछिका राष्ट्रपति रोनाल्ड रेगन र उनको टिमका सदस्यहरूले समग्र शीतयुद्धका बाँकी अवधिका ओठ दाँत सम्बन्ध(लिप्स एन्ड टीथ, चिनियाँहरूले उत्तरकोरियालाई जोगाउन व्याख्या गरिने सम्बन्धको रूपमा बुझिने)को आधार तयार गरे ।
अमेरिकी राष्ट्रपति र चिनियाँ नेताहरूका लाागि किसिन्जरका अनौपचारिक सल्लाह, विशाल लेखसंग्रह र परामर्श दिने कार्यहरू अमेरिका चीन सम्बन्धहरू भन्दा बढी कार्यालयमा उनको नीतिबाट हस्तक्षेपहरू भए ।
१९६३को सुरुमा अमेरिकाले चीनसँगको सम्बन्ध सामान्यकीकरण गर्न एक डिग्रीको काम सुरु भइरहेको थियो । सन् १९५०को दशकको अन्त्यतिर चीन सोभियत बीचको खाडलबारे वासिंटन सजग थियो र यसमा एक अवसरको ज्ञान उसलाई प्राप्त भयो ।
सन्१९६१मा राष्ट्रपति जोन केनेडीले पदभार सम्हाले त्यतिखेर उनले आफ्ना पूर्ववर्ती ड्वीट एइसनहाउरको कार्यकालमा रहेको कुटनीतिक चालमात (स्टेलमेट)को अवस्थाबाट परको चाल चाल्न खोजेका थिए तर त्यतिखेर राष्ट्रपति पदको निर्वाचनमा कम अन्तरले विजयी भएकाले उनले त्यो चाल चल्न रोके । तर पनि नीतिको पुनरावलोकन ठिक ढङ्गले सुरु भयो ।
सुस्त गतिको चीन विषयक मन्थनले सन् १९६३को डिसेम्बरमा केही अभिप्रेरणादायी क्रमभङतालाई अगाडि बढाउन सक्नुपर्ने थियो ।
नोभेम्बरमा केनेडीको हत्यासँग ती पहलहरू कमजोर परे । जेभए पनि डिसेम्बर १९६३मा , सुदुर पूर्व मामिला हेर्ने अमेरिकाका विदेश सहायकमन्त्री रोजर हिल्सम्यानले एक भाषण गरे ।
जोन चाङ्को शब्दमा भन्दा हिल्सम्यानले अमेरिकीहरूलाई कम्युनिस्ट शासन यहाँ रहनेछ र बढी उदारवादी राज्यको रूपमा विकास गर्ने विषयलाई स्वीकार र पहिचान गर्दै जनवादी गणतन्त्र चीनलाई हेर्न एक यथार्थवादी दृष्टिकोण लिन आग्रह गरे ।
केनेडीको मृत्युले यसलाई सुस्त बनायो तर परिवर्तनको हावा समग्ररूपमा रोकिएन । सन् १९६५सम्म राष्ट्रपति जनसनले यात्रा प्रतिबन्ध खुकुलो गरिरहेका थिए अनि चिनियाँ पत्रकारहरूमाथिको बन्देज खुकुलो बनाइए यदि यसले थारै असर गरेको थियो भएपनि बेइजिङले कुनै प्रवेशमाार्ग खोल्न तयार भइरहेको थिएन ।
निसन्देह जनसनको कार्यकालमा भिएतनाममा अमेरिकी सेनाबाट पूर्णरूपमा गरिएको हस्तक्षेपले यसलाई झन खराब बनायो । अमेरिका भित्रै युद्ध विरोधी आवाजहरूले जनसनको फेरि जितेर आउने आशा अन्त्य भयो र नोभेम्बर १९६८मा सन्१९६०मा केनेडीसँग पराजित भएका निक्सन राष्ट्रपति पदमा जितेर आएर अक्टोबर १९६७को सुरुमा उनले अमेरिकी जरनल फरेन अफेयर्समा एक आलेख लेखेका थिए ।
शीर्षक थियो ‘भिएतनाम पछिको एसिया’(एसिय आफ्टर भिएतनाम) र यसमा चीनसँगको संलग्नताको आवश्यकताबारे तर्क प्रस्तुत गरिएको थियो । निक्सनका बलिया तर्कको रूपमा कुनैपनि अमेरिकी नीतिमा एसिया आउनैपर्छ ,चीनको यथार्थलाई मुट्ठीमा लिनुपर्ने उल्लेख गरिएको थियो ।
लामो दृष्टिकोण लिँदै हामीले चीनलाई यहाँ यसका कल्पनाहरूको पोषणा गर्न, घृणाहरूलाई हौस्याउन र छिमेकहरूलाई धम्क्याउन दिनेगरी राष्ट्रहरूको परिवारबाट सदैवका लागि त्याग गर्न सक्दैनौ । सन्१९६९को मार्च र सेप्टेम्बर बीचमा चीन र सोभियत संघले उसुरी नदी किनारका निक्यौंल नभइसकेका सीमामा हुने दाबीका कारण शृंखलाबद्ध लडाइँ लडे ।
चीनको जनमुक्ति सेनाले सोभियत सेनालाई धरापमा पारेपछि लडाइँ सुरु भए । अमेरिका र चीन बीचको रणनीतिक मिलनको यो उदयले बेइजिङलाई मस्कोसँगको विषयवस्तुहरूलाई बेखर राख्न राम्ररी उत्साही बनाएको हुनसक्छ ।
यो घटनामा सोभियतहरूलाई, चिनियाँ आक्रमणबाट हल्लाउनु भन्दा पनि अमेरिकासँग मिलेर चिनियाँ परमाणु शक्तिले सम्भवतः संयुक्त परमाणु आक्रमण गर्न सक्ने समेत जस्ता उग्र कारवाहीबारे ध्यान दिनसक्ने अवस्थामा पुर्यायो । अमेरिकाले अस्वीकार गर्यो । चीनले यही बेला अमेरिकासँग एक जुक्तिपूर्ण(ट्याक्सिट) गठबन्धनको आवश्यकताबारे निर्णय ग¥यो । दुवै पक्ष बीच संकेत गरिरहने एक जटिल प्रक्रियालाई पछयाउने काम भयो ।
यस विषयमा फर्कि हेर्दा यो प्रक्रियाको एक सानो अगुवाको रूपमा सन् १९७१ जुलाईमा भएको किसिन्जरको भ्रमण हास्यपूर्ण नभए सतही मात्र थिए जस्तो लाग्छ । चिनियाँ मिडियाले सन्१९७०मा भएका संवादहरूको विषयमा व्याख्या गर्छ ।
पहिले चिनियाँ नेता माओ जेदोङले अमेरिकी पत्रकार तथा लेखक एदगार स्नोलाई तियानमेन गेटमा आयोजित गरिने राष्ट्रिय दिवस समारोहको एक शीर्षस्थानमा उभिएर अवलोकन गर्न पाउने गरी निम्तो गरे । यो विशेषाधिकार यसअघि कुनै विदेशीलाई दिइएको थिएन् ।
त्यसपछि राष्ट्रपति निक्सनले घोषणा गर्नु भन्दा पनि टाइम म्याग्जिनलाई दिएको एक भावुक अन्तर्वार्तामा भने “मर्नु भन्दा पहिले केही गर्न चाहन्छु भने म चीन जान चाहन्छु । यदि म गर्दिन भने मेरा सन्तान चीन जाउन भने चाहन्छु ” यसपछि जापानमा आयोजित प्रतिस्पर्धामा अमेरिकी टेबुल टेनिस टिमको तिनका चिनियाँ समकक्षीहरूको बैठकमा हास्यविनोदद्वारा पछ्याइयो र त्यसपछि प्रतिस्पर्धा चीनमा गर्न निम्तो गर्ने गरी आग्रह गरियो ।
अमेरिकी र चिनियाँ खेलाडीहरू चिनियाँ टोलीको बसबाट पत्रकारहरूको अगाडि हाँस्दै ओर्लिरहेको तस्विर अघिसम्म यो प्रस्ताव अस्वीकार गरिएको थियो । माओले जब दुवै खेलाडीको तस्विर देखे उनले चिनियाँ टोलीलाई अमेरिकी आग्रह स्वीकार गर्न आदेश दिए । अन्ततः अमेरिकी टोली अप्रिल १९७१मा चीनमा खेल्यो र उनीहरूको स्वागत त्यहाँको शासक वंश झाउ भन्दा अरुले गरेन ।
चिनियाले तिनका केही खेलाडीलाई खेल राम्रा अमेरिकी खेलाडीसँग हार्न पनि सुनिश्चित गरे साथै प्रतिस्पर्धीलाई जिस्क्याउने र मित्र बनाउने कुरो पनि सुनिश्चित गरे !
यी र अन्य बढी गम्भीर संकेतहरूले किसिन्जरको गुप्त बेइजिङ भ्रमणलाई भयानक तत्वहरूका साथ अगाडि ल्यायो ।यो उल्लासपूर्ण भ्रमणको गुप्तनाम ‘मार्को पोलो’ राखिएको थियो ।
विमानस्थल पुगे अघि किसिन्जिर अचानक गर्मी भएको बिरामीको स्वाङ गरे अनि उनलाई निको हुनलाई पाकिस्तानी राष्ट्रपति याहया खानको इश्लामावादमा फिर्ता सवारीतर्फ लगियो ।पछि उनी विमानस्थल जान अघि अनुहार स्कार्फ र घामचश्माले ढाके ।पिटर सेलर्सको भयानक इन्स्पेक्टर क्लाउसले पिंक प्यान्थर सिनेमा गरेजस्तो हिन्ट लिएका थिए यहाँ गुप्तता जसरी पनि कायम गर्नु थियो किसिन्जरलाई हेर्ने र परिचितहरूलाई मूर्ख बनाएर भेष बदलि जानुपर्ने थियो ।
बेइजिङको कुनै दृश्यमा अपेक्षित हाँसो देखिनु पर्नै भएको छ । यता क्रुर गृहयुद्धबाट जोगिएका र जापान विरूद्धको युद्धबाट जोगिएका उम्लिरहेका कठोर क्रान्तिकारीहरूलाई निक्सन र किसिन्जरसँग सिकारुजस्तो व्यवहार गर्न भनिएको थियो ।
किसिन्जरसँगका बैठकहरूमा माओ र झाओद्वारा नम्रतापूर्ण ढङ्गबाट स्पर्श गरिएको बैठकको रूपमा उल्लेखित गरियो भन्नुमा कुनै आश्चर्य हुन्छ र ?निक्सन र किसिन्जरहरूलाई पूर्ण गौरवको बोध गर्नु र इतिहासमा छाप छोड्नुपर्ने व्यग्रता थियो , माओ र झाओ आफ्नो स्थानमा सहज थिए र इतिहासमा आफ्ना नाम स्थापित गराइसकेका थिए ।
अमेरिकीहरू विनम्र थिए र चिनियाँहरूले यसलाई बुझे । किसिन्जरले छोटो समयमा पाएको उपलब्धिबाट धाक देखाउने र प्रवेश मार्ग बनाउने व्यग्रतामा देखिन्छन् ।उदाहरणका लाागि जोन पोमफ्रेटका अनुसार “ उनी (किसिन्जर)ले झाउलाई ताइवानसँगको शान्तिपूर्ण एकीकरण चीनले खोजे नखोजे हामी(अमेरिका)ले मैले संकेत गरे दिशामा निरन्तर जाने विश्वास दिलाए जसको अर्थ अमेरिकाले ताइवानलाई दिएको पहिचान फिर्ता लिने र चीनसँगको सम्बन्ध स्थापित गर्ने हो । ”
निक्सन र किसिन्जरले निसन्देह क्रमभङ गरेका थिए र यो भन्दा पनि बेइजिङसँग केनेडी प्रशासनले छनौट गर्ने आश गरेको भन्दा पनि बढी गरेका थिए । अझ चीनको प्रवेश मार्गको जराहरूमा हत्या गरिएका रााष्ट्रपति र उनका टोली रहेका छन् ।
न त निक्सन न त किसिन्जरले अन्यलाई प्रशंसाका लायक सम्झे । पछाडि दृश्यको लाभका सााथ हामीले निक्सन र किसिन्जरलाई धेरै जस दिइएको देख्न सक्छौं विशेषगरी किसिन्जरलाई जब कि निक्सनले १९६७को सुरुमै प्रवेश मार्गको अवधारणा ग्रहण गरेका थिए ।
किसिन्जर भ्रमण पछिको विश्व
किसिन्जर भ्रमणको कोरियोग्राफी हास्यास्पद हुन सक्ने भएपनि यसको उद्देश्य जस्तै परिणामहरू गम्भीर थिए ।चीनलाई शीतबाट बाहिर ल्याउन र अन्तर्राष्ट्रिय प्रणालीमा ल्याउन यो थियो भन्नु सही थियो ।
जहाँ एक अर्ब जनतालाई पहिचान गर्नु थियो र एकीकृत गर्नु थियो । सोभियत विरूद्धको गठबन्धन कम बुझिने कुरो रहयो । वासिंटन र बेइजिङले अमेरिकी कुटनीतिज्ञ जर्ज केनानको सोभियत व्यवहारका स्रोतहरू( सोर्सेज अफ सोभियत कन्डक्ट)लाई धेरै सावधानीपूर्वक पढेका थिए वा युवा रुसी विद्रोही एन्ड्रे अमालरिकको सन् १९८४सम्म सोभियत संघ बाँचिरहने छ ?(विल द सोभियत युनियन सर्भाइभ अन्टिल १९८४? १९७०मा प्रकाशित) पढेका भए उनीहरूले कुनै बढ्दै गएको खाली साम्राज्यका लागि भिडन्त गरिरहेको देखिसकेका थिए त्यो भनेको आत्मविनाश धेरै टाढा होइन भन्ने थियो ।
वा सम्भवतः चिनियाँहरूले सोभियतहरूका कमजोरीहरूको परिणामलाई बुझे तर अमेरिकीहरूको सोझोपन र लोभमा आफ्ना थप परियोजनाका लागि खेले जसमा मस्को विरूद्धको साझा मोर्चा निर्माण गरिरहनु भन्दा पनि अमेरिकी लगानी÷प्रविधिसम्मको बढी पहुँच कायम गर्नु रहेको थियो ।
सर्वोपरि कुरो , बेइजिङले अमेरिकाका मित्र भएर उसको पुँजी र प्रविधिमा पहुँच कायम गरी द्रुतगतिमा बढाउन,दीगो आर्थिक वृद्धि प्राप्त गर्ने १९५० पछिका पूर्वी एसियाका देशहरूको बारेमा थाहा पाउन सायदै नसकेको होला ।
निक्सन र किसिन्ज भन्दा पनि बढी कार्टर/ब्रेजेजिन्स्की,त्यसपछि रेगन÷जर्जबुस सिनियर र अन्ततः बिल क्लिन्टनले सन् १९७९देखि विद्यमानसम्म चीनको असाधारण आर्थिक यात्रामा सहयोग गरे जसको आधारमा चीनले आफ्नो उदयमा अमेरिकालाई सदैव एक्ल्याउने प्रयास गरेको आरोप त्यसैगरी हास्यास्पदरूपमा अर्थहीन छ । आर्थिक साझेदार भन्दा पर अमेरिका र चीन रणनीतिक साझेदार भए ।
जब सोभियतहरूले सन् १९७९को डिसेम्बरमा अफगानिस्तानमा बबराक करमालको सरकारलाई जोगाउन आफ्नो फौज पठाए ,अमेरिका र चीनले पाकिस्तानसँग मिलेर इश्लामिक कट्टरपन्थीहरूलाई लालसेनालाई तह लगाउन पठाए ।आगामी दशकमा अमेरिकाले उच्च प्रविधि लिएर आयो र अमेरिका चीन बीचका अर्धगठबन्धनलाई बलियो पार्न हतियार भण्डार चीनलाई बनायो ।
अमेरिकाले चीनलाई सर्वाधिक मनपरेको देशको हैसियत दियो ,शीतयुद्धकालीन नियमहरू खुकुलो पारियो जस अन्तर्गत अमेरिका र यसका सहयोगी देशहरूले उन्नत प्रविधि बेइजिङलाई बेच्न सक्ने भए यो सुविधा पाएर चीनले अमेरिकाबाट प्रविधि आयात गर्न सक्ने भयो र विश्व बैंकको ऋण अनुमोदन गरिए ।
अमेरिकाले चीनको सैनिक उपकरणलाई आधुनिकीकरण गर्न पनि सहयोग ग¥यो । चिनियाँ विद्यार्थीहरू तथा पर्यटकहरू अमेरिकामा र अमेरिकीहरू र केही समय चीनमा अध्ययन गर्न भ्रमण गर्दै गएर जाँदा चीन नाटकीयरूपमा वृद्धि ग¥यो ।
वारेन क्रिस्टोफर क्लिन्टनका विदेश सचिव भए मानवअधिकारका विषयहरूलाई उठाउने प्रयास गरे , प्रधानमन्त्री लि पेङलाई बेइजिङको कसाइ((तियानमेन स्क्वायरमा भएको प्रदर्शनका बेला उनको भूमिका भएकाले) भने त्यतिखेर आक्रामक प्रतिक्रिया आयो र कम्युनिस्ट पार्टीका महासचिव जियाङ जमिनसँगको अमेरिकी कुटनीतिज्ञको बैठक खारेज गरियो ।
प्रस्टरूपले भन्दा चीनले कुनै आधार दिएन, अनि अझ २००१मा क्लिन्टन प्रशासनले चीनको सदस्यता विश्व व्यापार संगठन डब्लुटीओमा अनुमोदन गराउन समर्थन दिन अगाडि बढ्यो । अनि बाँकी ,उनीहरूले भने सरी, इतिहास हो – चीनको आश्चर्यजनक उदयको इतिहास ।
(अ न्यु कोल्ड वारः हेनरी किसिन्जर एन्ड द राइज अफ चाइना, सञ्जय बारु र राहुल शर्माद्वारा सम्पादित ,हार्परकोलिन्स इन्डियाको अनुमतिमा प्रकाशित पुस्तकको ‘द प्रिन्ट’मा प्रकाशित अंग्रेजी अंशको अनौपचारिक अनुवाद सान्दर्भिक लागेर प्रस्तुत गरिएको हाे ।)