प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रकाशित मिति : 12 August, 2021 11:42 am
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीवार प्रतितोला ७०० रुपैयाँले बढेर ८९ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार प्रतितोला १ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि त्यही मूल्य कायम भएको छ ।