६ आश्विन २०८१, आइतबार

शिक्षकको नयाँ तलब: हेर्नुहोस् कुन तहको कति पुग्यो ?

प्रकाशित मिति :  12 August, 2021 2:34 pm


काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागू गरेको छ । अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै साउन १ मा लागू हुने गरी शिक्षकहरुको नयाँ तलबमान कार्यान्वयनमा आएको हो।

सरकारले माध्यमिक शिक्षकहरुलाई ३ तह, निम्न माध्यमक शिक्षकहरुलाई ३ तह र प्राथमिक शिक्षकलाई ५ तहमा विभाजन गरी नयाँ तलबमान लागू गरेको छ।

जसमा प्राथमिक तहका शिक्षकतर्फ एसएलसी उतीर्ण प्रथम श्रेणीका आठौं तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९ सय ९० रुपैयाँ पुगेको छ भने प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप गर्दा ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

एसएलसी उत्तीर्ण गरेका द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २ सय पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रुपैयाँ गरी कुल मासिक ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

यस्तै एसएलसी उत्तीर्ण तृतीय श्रेणीको छैटौँ तहका शिक्षकको सुरु तलब २८ हजार ६ सय १० मा प्रतिग्रेड ९५४ रुपैयाँ थपिँदा मासिक तलब ३४ हजार ३ सय ३४ रुपैयाँ पुगेको छ ।

यस्तै दुई विषयसम्म एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलब २४ हजार १० रुपैयाँमा प्रति ग्रेड ८ सय १ रुपैयाँ थपिँदा २८ हजार ८ सय १६ रुपैयाँ पुगेको छ ।

दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण छैटौं तहका शिक्षकको सुरुको तलबमान २२ हजार ६ सय ८० मा प्रतिग्रेड ७ सय ५६ थपिँदा २७ हजार २ सय १६ रुपैयाँ पुगेको छ । यो तलब स्केललाई अर्थमन्त्रालयले स्वीकृति दिएसँगै साउन १ मा लागू हुने गरी कार्यान्वयनमा आएको छ ।
यसैगरी निम्न माध्यमिकतर्फ प्रथम श्रेणीका आठौँ ग्रेडका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ ८० रुपैयाँ रहेको छ। प्रतिग्रेड १ हजार ३३० रुपैयाँ थपसहित प्रतिमहिना ५० हजार ५२० रुपैयाँ पुगेको छ।

निम्न माध्यमिक दोस्रो श्रेणीका ८ औँ ग्रेड शिक्षकको सुरुको तलब ३७ हजार ९९० रुपैयाँ रहेको छ। प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप हुँदा मासिक तलब ४८ हजार १२६ रुपैयाँ पुगेको छ ।

यस्तै तृतीय श्रेणीको निम्न माध्यमक शिक्षकको सुरुको तलब ३० हजार २ ०० रुपैयाँ रहेकोमा प्रतिग्रेड १ हजार ७ रुपैयाँ जोड्दा ३८ हजार २५६ रुपैयाँ पुगेको छ।
यता माध्यमिक शिक्षक प्रथम श्रेणीको सुरुको तलब स्केल ४९ हजार ३८० रुपैयाँ छ। छैटौँ ग्रेडको प्रतिग्रेड दर १ हजार ६४६ रुपैयाँ थप हुँदा ५९ हजार २५६ रुपैयाँ मासिक तलब पुगेको छ ।

यसैगरी माध्यमिक शिक्षक द्वितीय श्रेणीको सुरु तलब स्केल ४२ हजार ३८० कायम रहेकोमा प्रतिग्रेड संख्या १ हजार ४१३ रुपैयाँले आठौँ ग्रेडका शिक्षकको तलब ५३ हजार ६८४ रुपैयाँ पुगेको छ ।

माध्यमिक शिक्षक तेस्रो श्रेणीको सुरुको तल स्केल ३७ हजार ९९० कायम रहेकोमा ८ औँ ग्रेड शिक्षकको प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप भएर ४८ हजार १२६ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !