८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त

प्रकाशित मिति :  12 August, 2021 4:00 pm


फाइल फोटो

रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्।

प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले आज ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न हिजो समय दिएका थिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि ४२ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको थियो।

केसी रोल्पा १ (क)बाट निर्वाचित प्रदेश सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस !