अर्घाखाँची जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि
प्रकाशित मिति : 12 August, 2021 4:11 pm

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरूमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोरोना पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
कारागारमा रहेका कैदीबन्दी मध्य ९३.७५ प्रतिशतमा पोजेटिभ देखिएको हो ।
कारागारमा रहेका ६० जना कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए । अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ पुगेको छ ।